दफा ३७
सम्पत्ति र दायित्व हस्तान्तरण
: (१) नेपाल सरकार वा विकास समिति ऐन, २०१३ अन्तर्गत गठित विकास समितिहरुबाट सञ्चालन गरिएका आयोजनाहरु यो ऐन प्रारम्भ भएपछि त्यस्तो आयोजनाहरुको सम्पत्तिको मूल्याड्ढन गरी प्राधिकरणलाई हस्तान्तरण गरिनेछ ।
तर त्यस्तो आयोजना पूरा नहुँदै हस्तान्तरण गरिने भए सो आयोजना पूरा भएपछि मात्र सम्पत्तिको मूल्याड्ढन गरिनेछ ।
(२) विदेशी सरकार वा विदेशी संस्था वा अन्तरराष्ट्रिय संस्थाबाट ऋण प्राप्त गरी सञ्चालन गरिएको आयोजना उपदफा (१) बमोजिम प्राधिकरणलाई हस्तान्तरण गर्दा त्यस्तो ऋण वापत नेपाल सरकारले तिर्नुपर्ने साँवा र ब्याजको निमित्त नेपाल सरकारले तोकेको शर्तमा प्राधिकरणले नेपाल सरकारलाई आवश्यक रकम तिर्नु पर्ने गरी हस्तान्तरण गरिनेछ ।
तर त्यस्तो आयोजनामा नेपाल सरकारले भुक्तानी गरिएको साँवा र ब्याजको रकम र ब्यहोर्नु परे जतिको खर्च वापत प्राधिकरणले नेपाल सरकारलाई शेयर उपलब्ध गराउनु पर्नेछ ।
(३) विदेशी सरकार वा विदेशी संस्था वा अन्तरराष्ट्रिय संस्थाबाट सहायता वा अनुदान प्राप्त गरी सञ्चालन गरिएको वा नेपाल सरकारले आफ्नै खर्चमा सञ्चालन गरेको आयोजनाहरु उपदफा (१) बमोजिम प्राधिकरणलाई हस्तान्तरण गर्दा त्यस्तो आयोजनाको सम्पत्ति वापत प्राधिकरणले नेपाल सरकारलाई शेयर उपलब्ध गराउने गरी हस्तान्तरण गरिनेछ ।